News Details

आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट र रोबोटिक्स एसोसिएसन अफ नेपाल बिच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न

the aryan

भदौ २७, काठमाडौं । आर्यन स्कूल अफ इन्जिनियरिङ् एण्ड म्यानेजमेन्टले आईटी र रोबोटिक्स क्षेत्रमा ज्ञान बाँडफाँड, क्षमता अभिवृद्धि र व्यावसायिक सिपलाई प्रवर्द्धन गर्न रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN) सँग एक समझदारीपत्रमा (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ। उक्त समझदारी पत्रमा रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN) को तर्फबाट हस्ताक्षर उक्त संस्थाका अध्द्देक्ष ई. बिकास गुरुङ्गले गर्नु भएको थियो भने आर्यन कलेजको तर्फबाट हस्ताक्षर कलेजका प्रिन्सिपल ई. देव राज जोशीले गर्नु भएको थियो।

आर्यन कालेजमा सन्चालित BIT र BCA लगायतका चार बर्षे शैक्षिक कार्यक्रमहरुमा अध्ययनरत विद्यार्थीहरूको लागि रोबोटिक्स सम्बन्धि आवश्यक तालिम एवम कार्यशालाहरू प्रदान गर्न र रोजगारी (job placement) आदिको सुविधा प्रदान गर्न रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN) ले प्राथमिकताको साथ सहयोग गर्ने छ। यी दुबै संस्थाको सहकार्यले गर्दा एका तर्फ राष्ट्रिय एवम अन्तर्राष्ट्रिय सेमिनार र प्रदर्शनीहरुमा आर्यन कलेजका विद्यार्थीहरूको सहभागिता प्रवर्द्धन गर्न सहयोग हुनेछ भने अर्को तर्फ नेपालमा रोबोटिक्स सम्बन्धि अध्ययनको साथ खोज र अनुसन्धानमा बिस्तार हुने विश्वाश लिईएको छ ।

the aryan

Subscribe for Newsletter

ERP Login

TOP